अनुमतिप्राप्त म्यानपावरले मात्रै रोजगारीका लागि विदेशमा श्रमिक पठाउन पाउने व्यवस्था छ। तर, यसमा एजेन्ट र बिचौलिया सक्रिय रहेकाले ठगी बर्सेनि बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
काठमाडौँ– वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा बिचौलियाहरूले करिब ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
वैदेशिक रोजगार विभागमा साउनदेखि वैशाखसम्म दर्ता भएका ९२५ उजुरीमा ७५ करोड ७७ लाख रुपैयाँ ठगी भएको विभागले जनाएको छ। अनुमति लिएका म्यानपावरबाहेक कसैले रोजगारीका लागि श्रमिक पठाउन नपाउने नियम भए पनि एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।
उनका अनुसार अघिल्लो वर्षको तुलनामा ठगीका उजुरी बढेका छन्। विभागले गएको वैशाखमा मात्रै ठगीका १०४ वटा उजुरी परेको जनाएको छ। विभागको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा ठगीका ६९५ उजुरी परेका थिए। विभागका अनुसार २०७८/०७९ देखि हालसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख रुपैयाँ ठगी भएको छ।
विभागमा परेको एक हजार ६२० वटा उजुरी उपर यो रकम दाबी गरिएको हो। साउनयता परेका ९२५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ। १७६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
यसैगरी विभागकै रोहबरमा १३५ जनाले मिलापत्र गरेका छन्। मिलापत्रमार्फत एजेन्टहरूले नौ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन्।
गैरकानूनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
