बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको छ।
बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो। लन्डनस्थित बेलायती संसद् र एडिनबर्गमा उनको शव हेर्न मानिसहरू २४ घण्टाभन्दा बढी लामबद्ध भएका थिए।
अर्थमन्त्री जोन ग्लेनले संसद्लाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड २० लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिक मामिला मन्त्रालयअन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको उल्लेख गरेका छन्। त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख र स्कटिश सरकारले एक करोड ८८ लाख पाउन्ड खर्च गरेको उनले बताए।
“महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्त्वको क्षण थियो,” ग्लेनले खर्च आवश्यकतता पुष्टि गर्दै संसद्मा भन्, “सरकारको प्राथमिकता भनेको यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो।”
बकिंघम प्यालेसले भने उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्डभन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
