दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतले बताएका छन्।
काठमाडौँ– सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वाधार र जनशक्ति नभए पनि उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्न लागिएको बताए। दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतको भनाइ छ।
“कतिपय अस्पतालमा आवश्यकताभन्दा बढी उपकण खरिद गरेको देखियो,” मन्त्री बस्नेतले भने, “खरिद प्रक्रियामा जथाभाबी किन हुन्छ भन्नेकुरा थाहा छँदैछ। थाहा भएर नै यो गरिएको छ। अब मन्त्रालयको समन्वयमा न्यूनतम सेवा मापदण्ड अनुसार मात्रै खरिद गर्नुहोला।”
अस्पतालले दुई वर्षको कार्ययोजना बनाएर पेस गर्नुपर्ने उनको भनाइ छ। यस्तै मन्त्रालयले संघीय अस्पतालको उपकरण जाँच गर्ने भएको छ।
सबै अस्पतालमा अनलाइनबाट ओपिडी सेवा लिने व्यवस्था १५ दिनभित्र मिलाउने मान्त्रालयले जनाएको छ। प्रादेशिक अस्पतालमा पनि सोही नियम लागू गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
