नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन: योगेश भट्टराई

योगेश भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन्।

शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताए। 

“यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोस छैन, जाँगर छैन,” उनले भने।

सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्था माथिको चुनौतीको समाधान गर्ने कुरा नरहेको उल्लेख गरे।