ईसापूर्व २५०० देखि नै मेसोपोटामिया र इजिप्टमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू रहेको अध्ययनकर्ताले बताएका छन्।
मनोरञ्जनका रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताले बताएका छन्। ‘साइन्स’ पत्रिकामा प्रकाशित अध्ययनले प्राचीनकालमा समेत यो व्यापक रहेको देखिएको बताएको छ।
यस अध्ययनमा भनिएको छ, “ईसापूर्व २५०० देखि नै प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो।” विश्वविद्यालयका प्राचीन अध्ययन विषयका पुरातत्त्वविद् ट्रोएल्स प्यान्क अर्बोल र अक्सफोर्ड विश्वविद्यालयका जीवविज्ञान विशेषज्ञ सोफी लुन्ड रासमुसेनले यस विषयमा अध्ययन गरेका हुन्।
उनीहरूको अध्ययन मनोरञ्जनात्मक अभिव्यक्तिका रूपमा ओठमा चुम्बन गर्ने अभ्यासको शुरूआतले रोगहरूको फैलावटलाई कसरी असर गर्न सक्छ भन्नेमा केन्द्रित रहेको एएफपीले जनाएको छ। पछिल्लो अध्ययनले ईसापूर्व १५०० तिर भारतको एक स्रोतलाई ‘यौन–रोमान्टिक चुम्बन’ को प्रारम्भिक सन्दर्भका रूपमा उद्धृत गरेको छ।
सन् १९८० को दशकमा नै प्रमाण संकलन भइसकेको भए पनि अन्य क्षेत्रमा यो सूचना कहिल्यै नअपनाइएको अर्बोलले बताए। उपलब्ध हजारौँ प्राचीन ‘क्युनिफार्म’मा उनीहरूले रोमान्टिक चुम्बनको अपेक्षाकृत कम सन्दर्भहरू भेट्टाएको बताएका छन्। उनीहरूले भनेका छन्, “प्राचीनकालमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू छन्।”
अध्ययन गरिएका सन्दर्भ सामग्रीमा चुम्बन विवाहित दम्पतीले गर्ने कुरा हो भनिएको तर अविवाहित व्यक्तिको प्रेममा पर्दा चुम्बनलाई यौन इच्छाको भागका रूपमा लिइन्छ भनेर पनि लेखिएको संकेत भेटिएको बताइएको छ।
अनुसन्धाताले मैत्रीपूर्ण–अभिभावकीय चुम्बन’ र ‘मनोरञ्जनात्मक चुम्बन’ लाई भिन्न रूपले हेर्ने गरिएको पनि बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
