प्रधानमन्त्री दाहालले तीन दलबीच सदनलाई प्रभावकारी बनाउने र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि छलफल भइरहेको प्रस्ट्याएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणका पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री बहालवाला सचिवसहित उच्चपदस्थ व्यक्ति पक्राउ परेपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीचको छलफल बाक्लिएको छ। उनीहरूबीच लगालग भइरहेको भेटवार्तालाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ।
सोही विषयतर्फ इंगित गर्दै प्रधानमन्त्री दाहालले बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने आग्रह गरे। उनले आफूहरू सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि छलफल गरिएको प्रस्ट्याए।
उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिश भइरहेकाले सबै दल एक ठाउँमा उभिनुपर्छ भनेर छलफल गरिरहेको जिकिर गरे।
“देशमा एकथरि मानिसले नेपाली जनताले झन्डै ७ दशकभन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिश गरिरहेका छन्,” उनले भने, ”तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउन सक्छ भनेर बसे (छलफल गरे)का हौँ।”
प्रधानमन्त्री दाहालले पुँजी बजार सम्बन्धीका सेटिङ भत्काएको बताए। उनले सरकारले अहिले राजस्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको उल्लेख गरे। ”रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ” उनले भने।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
