अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर हुने बताए। “कुनै पनि हालतमा पोलिसी करप्सन, त्यसको पाइदा उठाउने र आफ्नो कामका लागि मेरो हातबाट हुँदैन, समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ, एउटा व्यक्ति, एउटा व्यवसायका लागि करका दरहरू हेरफेर हुँदैन,” उनले भने।
उनले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे। युवाको ऊर्जा र क्षमता देशभित्रै प्रयोग हुने कुरा बजेटको प्राथमितामा पर्ने उनको भनाइ छ।
अर्थमन्त्री महतले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्ने विषयमा ध्यान दिने बताए। उनले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमानदार भएर काम गर्ने बताए।
कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै उनले बजेट आइसकेपछि क्यालेन्डर बनाएर काम गर्ने बताए। ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताए। उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको औँल्याए। अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए।
“धेरै कुराहरू अर्थ मन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँ (अर्थमन्त्री)ले सार्नुहोला। लाइसेन्सिङ र पोलिसी करप्सनलाई यहाँले प्रहार गर्नुहोला। बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला। समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अंकहरूको तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
