सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ११ गतेसम्मको समय तोकिएको छ।
काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरू हुँदैछ। छलफलका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरूबाट दर्ता गराएको संशोधन प्रस्तुत हुने र छलफल प्रारम्भ गरिने संसद् सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ११ गतेसम्मको समय तोकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिएपछि पारित हुनेछ।
नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
