आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारप्रति जनताको विश्वासमा अभूतपूर्व ढंगले ह्रास आएको बताएका छन्।
काठमाडौँ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति जनताको अविश्वास अभूतपूर्व रूपमा बढेको दाबी गरेका छन्।
सरकारले संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले नीति तथा कार्यक्रम सरकारको आसफलताको दस्ताबेज भएको बताए।
“मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा छ। सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधि बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन सकेन,” ओलीले भने।
सरकार कर्मचारीलाई तलब, पेन्सन, सामाजिक सुरक्षा खर्चलगायत अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थितिमा पुगेको उनको भनाइ थियो।
“सरकारप्रति जनताको विश्वास अभूतपूर्व ढंगले ह्रास भएको छ। जनतामा निराशा छ। सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढदा छन्,” उनले भने, “प्रमुख आर्थिक परिसूचकांकले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन्। सरकार राजस्व उठाउन असफल भइसकेको छ।”
सरकारले आफू नेतृत्वको सरकारले गरेका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै अध्यक्ष ओलीले आपत्तिसमेत जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
