एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, “यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन। जनताका समस्या समाधान यसले गर्न सक्दैन। त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिँदैन।”
अध्यक्ष ओलीले नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरि ल्याउन पनि सरकारसँग माग गरे।
देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरूले पनि यसलाई स्वीकार गर्न नहुने उनको भनाइ छ।
उनले सत्तारूढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकिर गरे।
त्यस्तै, अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाए।
उनले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको दाबी गर्दै छानबिनमा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराए।
“दोषीलाई उम्काउने कोशिश भइरहेको छ। निर्दोषलाई फसाउन कोशिश भइरहेको छ। यो कुरा बन्द गरियोस्। र, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस्। यसमा सरकारले, मन्त्रिपरिषद्का नेताहरूले हस्तक्षेप गर्नुपर्ने आवश्यकता छैन। प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुस्,” उनले भने।
अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पूरै सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
