बेरुजु फर्स्योट प्राथमिकतामा परेन, अडिटरले निकाल्ने काम मात्रै हो भन्नेजस्तो भयो : महालेखापरीक्षक शर्मा
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु फर्स्योट प्राथमिकतामा नपरेको बताएका छन्। बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भनेजस्तो भएको उनको भनाइ छ।
काठमाडौँ– महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु फर्स्योट प्राथमिकतामा नपरेको गुनासो गरेका छन्। उनले आइतबार बसेको लेखा समितिको बैठकमा बेरुजु लेखापरीक्षकले निकाल्ने काम मात्र हो भन्ने रूपमा लिन थालिएको गुनासो गरेका हुन्।
“बेरुजु फर्स्यौट गर्ने विषय प्राथमिकता पर्दैन। अहिले बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भनेको जस्तो भएको छ,” महालेखापरीक्षक शर्माले भने। उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा हुन नदिनेभन्दा पनि बेरुजु फर्स्योटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए।
उनले बेरुजु फर्स्योटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए। ”बेरुजु फर्स्योटको वैज्ञानिक उपाय भनेको मुलुकको कानूनअनुसार एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नुपर्छ भनेको छ। होइन भने अर्को वर्ष परीक्षण गर्दा खर्च भएको हुनुपर्छ,” उनले भने।
महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरूलाई बदनाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरूलाई नैतिक, वैधानिक र व्यावहारिक रूपमा नदिने बताए। उनले लेखापरीक्षकहरूले अहिलेसम्म त्यस्तो काम नगरेको जिकिर गरे। उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्यो भनेर राजनीतिक तहले बढवा दिनेभन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।
उनले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तहरू गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको औँल्याए। “बेरुजु बढी राख्ने, अनियमितता गर्ने र आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गरौँ। सबैभन्दा बढी सार्वजनिक निकायहरूमा राजनीतिक नियुक्त हुने गरेको छ। त्यस्तोमा नियुक्त गर्दा विगतका कार्यसम्पादनको आधारमा नियुक्त गर्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
