उच्च अदालत पाटनले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उनलाई चार वर्ष कैद सजाय सुनाएको छ।
काठमाडौँ– उच्च अदालत पाटनले पृथ्वी मल्ललाई ‘हिट एन्ड रन’ मुद्दामा दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको छ। लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उच्च अदालतले मल्ललाई चार वर्ष कैद सजाय सुनाएको हो।
यसअघि जिल्ला अदालतले ६ महिना कैद सजाय र १० हजार जरिबाना सुनाएको थियो। उक्त फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो।
मल्लले बिना सवारी चालक अनुमतिपत्र कार चलाउँदा २०७६ मंसिर २८ गते फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो।
सरकारी वकिलको कार्यालयमार्फत दर्ता भएको मुद्दामा जिल्ला अदालतले यान्त्रिक गडबडी भएको भन्दै मल्ललाई ६ महिना कैद सजाय तोकेको थियो।
उक्त फैसलाविरुद्ध २०७९ असोज ७ गते सरकारी वकिलको कार्यालय र २०७९ कात्तिक १७ गते मल्ल पुनरावेदन गर्न उच्च अदालत पुगेका थिए।
उच्च अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १६१ (२) अनुसार लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको फैसला गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
