‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्रले एनआरटीलाई पराजित गरेको छ। ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।
काठमाडौँ– रेलिगेसन जोनमा रहेको फ्रेन्ड्ससँग ‘ए’ डिभिजन लिगको १९औँ खेलमा २–२ गोलको बराबरी खेल्दै दोस्रो स्थानमा उक्लिन चुकेको साबिक विजेता मछिन्द्र फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ।
च्यासल मैदानमा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो। पहिलो लेगमा एनआरटीले मछिन्द्रलाई १–१ गोलको बराबरीमा रोकेको थियो। तर, आइतबार लेगको दोस्रो खेलमा ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।
खेलको ३१औँ मिनेटमै अफिजले गोल गरे। जारी लिगमा उनको यो १५औँ गोल हो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि गोल गर्यो।
दोस्रो हाफको इन्ज्युरी समयमा शौरभले गोल गर्दै मछिन्द्रलाई २–० गोल अन्तरको जित दिलाए। जितसँगै मछिन्द्रले २० खेलमा ३३ अंक जोडेको छ। पहिलो स्थानमा रहेको चर्च ब्वाइजको भने १९ खेलबाट ३६ अंक रहेको छ।
तेस्रो स्थानमा रहेको जावलाखेलको १९ खेलबाट ३२ अंक रहेको छ। जावलाखेलले २२औँ स्थानमा रहेको संकटासँग आइतबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको २०औँ खेल खेल्ने छ। जित हात पारे जावलाखेल पुनः दोस्रो स्थानमा पुग्ने छ।
यता, मछिन्द्रसँग पराजित एनआरटीको २० खेलबाट २३ अंक रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
