युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले जापानको हिरोसिमामा भएको आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन)को सम्मेलनका क्रममा यस्तो बताएका हुन्।
उनले बखमुतको अवस्थालाई हिरोसिमासँग तुलना गरे। दोस्रो विश्वयुद्धका बेला आणविक बम प्रहार हुँदा हिरोसिमामा ध्वस्त भएको थियो। उनले आफ्नो देश पनि हिरोसिमामा जस्तै पुनर्निर्माण गर्ने प्रतीक्षा गरे।
शिखर सम्मेलनको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा बखमुतको यकिन विवरण दिन अस्वीकार गरे पनि उक्त शहर अहिलेसम्म रुसको कब्जामा नगएको दाबी गरे।
“आज उनीहरू (रुसी सेना) बखमुतमा छन्। तर बखमुत अझै रुसको कब्जामा छैन,” जेलेन्स्कीले भने, “म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ। बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो।”
जेलेन्स्कीले जापानका प्रधानमन्त्री फुमियो किशिदासँग हिरोसिमा शान्ति स्मारक पार्कको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा उक्त आक्रमणमा मारिएको सम्झनामा माल्यार्पण गरेका थिए। त्यसपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने “जसरी हिरोसिमाले आफ्नो शहरको पुनर्निर्माण गरेको छ, त्यसरी नै हामी हाम्रो शहरहरू पुनर्निर्माण गर्ने सपना देखेका छौँ।”
जी–सेभेनको सम्मेलनमा विश्वका नेताहरूसँग आफ्नो देशलाई सहयोग गर्ने आह्वान गरेका थिए। शिखर सम्मेलनमा अमेरिकाले युक्रेनलाई अमेरिकमा निर्मित एफ–१६ सहित अत्याधुनिक लडाकु विमान उपलब्ध गराउन अनुमति दिने घोषणा गरेको थियो। यद्यपि, अहिलेसम्म कुनै पनि देशले युक्रेनलाई जेट विमान आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
