काठमाडौं महानगरपालिकाका मेयर साहका स्वकीय सचिव भूपदेव शाहले अदालतबाट भएको पत्र महानगरमा दर्ता भई नसकेको बताए।
काठमाडौं– गत बिहीबार काठमाडौं महानगरपालिकाले नक्सालस्थित जयनेपाल सिनेमा हलको परिसर खोतल्दा टुकुचा खोला भेटियो। वर्षौंदेखि हराइरहेको टुकुचा खोला भेटिएसँगै काठमाडौं महानगर र मेयर बालेन्द्र (बालेन) साहले जनस्तरमा मिश्रित प्रतिक्रिया पाइरहेका छन्। नारायणहिटी दरबार क्षेत्रसम्म देखिएको टुकुचा खोला नक्साल, हात्तीसार, कमलादी क्षेत्रमा हराएको छ। बागबजार पुगेपछि पुनः टुकुचा खोला भेटिन्छ।
काठमाडौं महानगरले टुकुचा खोलाको खोजीलाई निरन्तरता दिँदै सोमबार हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन गरेको छ। यद्यपि, आइतबार उच्च अदालत पाटनले संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको थियो।
उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार, प्रेसिडेन्टल ट्राभल एन्ड टुर्स प्रालिका पक्षबाट कृष्णप्रसाद भण्डारी, उपेन्द्रकेशरी न्यौपाने, बाबुराम कुवँरलगायतका वरिष्ठ अधिवक्ताहरूले शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
रिट शुक्रबार दर्ता भई आइतबार अदालतले महानगरलाई अन्तरिम समयका लागि आदेश जारी गर्दै पत्राचार गरेको उनी बताउँछन्। उनका अनुसार, रिट निवेदकले आवश्यक कागजात र यथेष्ट प्रमाणसहित मुआब्जा माग गरेका थिए। जससँगै अन्तरिम आदेशअन्तर्गत सोमबार र मंगलबार दुई दिन सम्बन्धित क्षेत्रको भौतिक संरचना लडाउन, भत्काउन लागि रोक लगाएको कट्टेल बताउँछन्।
‘सिद्धान्तअनुसार मंगलबारसम्म ती संरचनामा केही नगर्न नपाइने र बुधबार दोहोरो छलफल हुनुपर्ने हो’, रजिष्ट्रार कट्टेल भन्छन्, ‘तथापि, महानगरलाई गरेको पत्राचार महानगले बुझे/नबुझेको थाहा छैन। पत्राचार नबुझेको खण्डमा महानगरको हालको कदम अवैधानिक मानिँदैन।’
यदि, पत्राचार बुझेर पनि सम्बन्धित संरचनामा उत्खननका नाममा डोजर चलाए छलफलका क्रममा अदालतको अवहेलना तथा मानहानिको विषयमा मुद्दा उठ्न सक्ने उनी बताउँछन्।
पत्र प्राप्त भएको छैन- महानगर
काठमाडौं महानगरपालिकाका मेयर साहका स्वकीय सचिव भूपदेव शाहका अनुसार टुकुचा खोला उत्खननका लागि महानगरले सोमबार पनि निरन्तरका दिएको छ। अदालतको पत्र हालसम्म महानगरलाई प्राप्त भइनसकेको उनले उकालोलाई बताए।
यद्यपि, विभिन्न मिडियामा आएको खबरका आधारमा रिट जारी गरेको सम्बन्धित संस्थाको क्षेत्रमा महानगरले कुनै प्रकारको उत्खनन तथा हस्तक्षेप नगरेको दाबी उनको छ।
अध्ययन टोलीको प्रतिवेदनपछि मात्र निर्णय- पुरातत्त्व विभाग
पुरातत्त्व विभागले टुकुचा खोलाको अध्ययन गर्ने भएको छ। पुरातत्त्व विभागका प्रवक्ता राम कुँवरका अनुसार मंगलबार विभागबाट अनुसन्धानका लागि विशेष टोली खटिइँदै छ। टोलीले गरेको अध्ययनपश्चात् पेस हुने प्रतिवेदनका आधारमा आवश्यक कदम चालिने उनको भनाइ छ।
हाल सामाजिक सञ्जाल तथा अन्य व्यक्तिमार्फत टुकुचाका विभिन्न खालका कागजातबारे जानकारी आएको भए तापनि विभागले आफ्नो अध्ययन गर्न बाँकी छ। यस कारण पनि तत्कालीन समयमा महागरको काममा रोकछेक वा अन्य कुनै प्रकारको प्रतिक्रिया दिन नमिल्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
