विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।
म्यानमारको अदालतले एक पूर्वसांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्वसांसद ५२ वर्षीय विन मिन्ट लेनलाई आतंकवादको आरोपमा दोषी ठहर गर्दै अदालतले १४८ वर्षको जेल सजाय सुनाएको हो।
राजधानी यानगुनबाट ४८० किलोमिटर टाढा रहेको मागवे जिल्ला अदालतले सो फैसला सुनाएको हो। योसँगै विनलाई कूल १७३ वर्षको जेल सजाय हुने भएको छ। यसअघि उनलाई विभिन्न आरोपमा २५ वर्षको जेल सजाय सुनाएको थियो। उनी मागवे जेलमा रहेकै बेला नयाँ फैसला सुनाइएको हो। विनलगायत सो जेलका सबैलाई सेनाले साङ्लाले बाँधेर राखेको एक स्थानीयलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेको छ।
म्यानमारको सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएयता सुची नेतृत्वको पार्टी र सरकारका कुनै पनि व्यक्तिलाई सुनाइएको यो सबैभन्दा लामो जेल सजाय हो। गत मार्च, अप्रिल, जुन भएका सरकारविरोधी आन्दोलनलाई उक्साएको र आतंकवादमा संलग्न भएको आरोपमा सेनाले विनलाई पक्राउ गरेको थियो।
विन सन् २०१५ मा म्यानमारको मुख्य क्षेत्रमध्येको मागवेबाट सांसद बनेको थिए। तर, उनले सन् २०२० को चुनावमा भने भाग लिएका थिएनन्। सो चुनावमा उनको पार्टी एनएलडी भारी मतले विजयी बनेको थियो। तर, सन् २०२१ मा सेनाले सत्ता हत्याएपछि उनी सेनाविरोधी आन्दोलनमा सक्रिय रूपमा लागेका थिए।
सेनाले उनलाई २०२१ को नोभेम्बरमा यकसिक क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि विनको मागवेस्थित घरबाट उनका परिवारका सदस्यलाई सेनाले बलपूर्वक निकालेको थियो।
यसअघि गत जुलाईमा म्यानमार सेनाले आतंकवाद र सरकारविरोधी गतिविधिमा संलग्न भएको आरोप लागेका चार जना राजनीतिक अभियन्तालाई मृत्युदण्ड दिएको थियो। यस्तै, म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुचीलाई पनि सैनिक अदालतले २६ वर्षको जेल सजायको आदेश दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
