हिपको शल्यक्रियापछि करिअर नै टुंगिने स्थितिमा पुगेका मुर्रे पुनरागमन गरे पनि ग्रास कोर्ट सिजनलाई प्राथमिकता दिन फ्रेन्च ओपन नखेल्ने भएका हुन्।
बेलायती टेनिस खेलाडी एन्डी मुर्रेले फ्रेन्च ओपन नखेल्ने भएका छन्। ३६ वर्षीय मुर्रेले विम्बल्डनका लागि ग्रास कोर्ट सिजनलाई प्राथमिकता दिन फ्रेन्च ओपन नखेल्ने भएका हुन्।
हिपको शल्यक्रियापछि करिअर नै टुंगिने स्थितिमा पुगेका मुर्रे पुनरागमन गर्दै 'क्ले कोर्ट'मा हुने सीमित प्रतियोगितामा मात्र सहभागी हुँदै आएका छन्। मुर्रेलेले मेको शुरूमा फ्रेन्च ओपन खेल्नेबारे पक्का नभएको गार्जियनलाई भनेका थिए। "यो चरणमा मेरो करिअरलाई प्राथमिकता दिनुपर्छ," उनले भनेका थिए।
तीन पटकको ग्रान्डस्लाम च्याम्पियन मुर्रेले सन् २०१७ यता फ्रेन्च ओपन एकपटक मात्र खेलेका छन्। उनले हालसम्म फ्रेन्च ओपन जित्न सकेका छैनन्। विम्बल्डन दुईपटक जितेका छन्।
वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपन आगामी मे २८ देखि ११ जुनसम्म हुँदै छ। मुर्रेको मुख्य लक्ष्य वरीयता सुधार गर्ने हो। उनी हाल ४२औँ स्थानमा छन्। फ्रेन्च ओपनमा नखेल्दा मुर्रेले केही महत्त्वपूर्ण अंक गुमाएका छन्।
मुर्रेले गत महिना मड्रिड, एक्स-एन-प्रोभेन्स, रोम र बोर्डोमा खेलेका थिए। यता, साविक विजेता राफायल नाडालले पनि फ्रेन्च ओपन खेल्ने छैनन्। उनले चोटका कारण नाम फिर्ता लिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
