सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।
काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै ‘जनयुद्ध’ शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्। सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजहरूमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।
“सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै ‘जनयुद्ध’ भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। ०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्ताबेजहरूमा यो शब्द उल्लेख भएको छैन,” उनले भने, “पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ।” उनले कांग्रेसले ‘जनयुद्ध’ शब्दलाई स्वीकारेमा उसको अन्त्य हुने दाबी गरे।
भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायका बारेमा उल्लेख गर्न नसकेको बताए। पहाड र हिमालका मानिसहरू बसाइँसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसलाई अड्याउनका लागि सरकारले ध्यान नपुर्याएको उनले बताए।
सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको दाबी गरे। ती विमानस्थलहरूलाई व्यावसायिक प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उनको भनाइ छ। “भारत सरकारसँग हवाई सम्झौताअनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कूटनैतिक ल्याकत नराख्नु गौतमबुद्ध, पोखरा विमानस्थलको दोष होइन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
