सांसदहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसद्को चालु अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन्।
काठमाडौँ– सांसदहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसद्को चालु अधिवेशनबाटै टुंग्याउनुपर्नेमा जोड दिएका छन्।
सोमबारको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सांसदले यसलाई चालु अधिवेशनमा टुंग्याउनुपर्ने बताएका हुन्।
बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अतिरिक्त समय दिएर भए पनि विधेयकलाई चाँडो टुंग्याउनुपर्ने बताए। संसद्को चालु अधिवेशन लामो हुने भएकाले यतिबेला नै सम्पत्ति शुद्धीकरण निवारण विधेयक पारित गर्न सहज हुने उनको भनाइ छ।
नेम्वाङले सम्पत्ति शुद्धीकरण निवारण ऐनमा हेरफेर गर्ने कुरा आए पनि सरकारले प्रस्तुत गरेको विधेयकमा सीमितता रहेको बताए। उनले नियम, कानून र प्रचलनअनुसार सरकारले प्रस्ताव गरेको विधेयकभन्दा बाहिर जान नमिल्ने उल्लेख गरे।
”सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी विधेयकमा सांसदहरूले हालेका संशोधनका घेराभित्र बसी छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ” उनले भने, “विधेयकका सिद्धान्तमा सिंगो देश, सम्पत्ति शुद्धीकरणसम्बन्धी कडा कानून चाहिने विषयमा सबै राजनीतिक दलहरू सहमत छन्।”
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशका लागि मात्रै नभएर अन्तर्राष्ट्रिय विषयसमेत भएकाले तत्काल विधेयक टुंगोमा पुर्याउनुपर्ने बताए। ”सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून बनाउन नसक्दा मुलुकमा जटिलता थपिन सक्न सक्छ” उनले भने। उनले समितिमा कम्तिमा १० दिन नलगाई टुंग्याउन आवश्यक रहेको बताए।
समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन टुंगोमा पुर्याउन उपसमिति बनाएर वा सरोकारवाला र विज्ञसँग बसेर छलफल गर्नुपर्नेमा सांसदको जोड छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
