दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलका लागि अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार ८३९ खर्च भइसकेको छ।
काठमाडौँ– चितवन उद्योग संघले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन। विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण शुरू गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो।
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलका लागि अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार ८३९ खर्च भइसकेको छ। स्थल निर्माणका लागि ३७ करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए।
उनले भने, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।” संघीय सरकारको १५ करोड, चितवन उद्योग संघका सदस्यहरूको छ करोड ३२ लाख ८८ हजार ९९२, नेपाल उद्योग परिसंघको तीन करोड र जिल्ला समन्वय समितिको एक लाख ९७ हजार ३४५ बजेटमा भवन निर्माण गरिएको हो।
प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए। विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उनले बताए।
उनले भने, “प्रदर्शनीका लागि संघका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम गर्यौँ। तर अझै पूरा हुन सकेन।” अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उनले जानकारी दिए।
उनका अनुसार भित्री सजावट, अग्निनियन्त्रक उपकरण, बगैँचा, सचिवालय निर्माण, चमेनागृह निर्माणलगायतका काम अझै बाँकी रहेका छन्। अहिले पनि निर्माणका क्रममा ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको उनले बताए।
२९ वर्षलाई सरकारबाटै वार्षिक सात लाख भाडा तिर्ने गरी संघले जग्गा लिएको हो। निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
