युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।
युक्रेनले रुसी भू–भागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। रुसको बेल्गोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको मस्कोको दाबी पछि युक्रेनको यस्तो प्रतिक्रिया आएको हो।
"युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको," युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले भनेका छन्। युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।
युक्रेनबाट बेल्गोरोडमा प्रवेश गरेको एउटा समूहले गराएको झडपमा परी कैयौँ व्यक्ति घाइते भएको रुसी अधिकारीहरूको भनाइ छ। स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाआडकोभले रुसी सेनाले उक्त समूहको खोजी गरिरहेको बताए। सो समूहले सीमानाका नजिकै रहेको ग्रेभोरोन्स्की जिल्लामा विध्वंस मच्चा उनको भनाइ छ। भ्लादिमिर पुटिनका प्रवक्ताले रुसी राष्ट्रपतिलाई यसबारेमा जानकारी गराइएको बताए।
ग्ल्याडकोभका अनुसार ग्लोटोभो गाउँमा गोली चल्दा दुई जनालाई अस्पताल भर्ना गरिएको छ भने ग्रेभोरोन शहरमा छर्रा लागेर दुई जना घाइते भएका छन्। आक्रमणबाट तीनवटा घर, एक स्थानीय प्रशासनिक भवनमा समेत क्षति पुगेको छ।
उनका अनुसार केही क्षेत्रमा प्रति–आतंकवाद अभियान शुरू गरिएको छ, जसले सुरक्षा अधिकारीहरूलाई स्थानीयको पहिचान परीक्षण, सञ्चारमा निगरानीलगायतका अधिकार प्रदान गर्दछ।
बीबीसी भेरिफाइले उक्त क्षेत्रमा आक्रमणका क्रममा खचिएका भिडियोहरूलाई पुष्टि गरेको छ, जुन सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। उले सीमानजिक थुप्रै बख्तरबन्द सवारी साधन, ड्रोनबाट खिचिएका भिडियो पनि भेटिएको जनाएको छ। त्यस्तै, त्यस क्षेत्रमा सञ्चालित हेलिकप्टरहरूको जियोलोकेटेड फुटेजहरू पनि आफूसँग रहेको बीबीसी भेरिफाइले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
