ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ।
काठमाडौँ– नेपाल पर्यटन बोर्डको अगुवाइमा मंगलबारदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिए।
“पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको हो”, उनले भने, “विश्वका प्रायजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ। नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो।”
बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुई वटा इलेकट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन्। ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ।
“दुई वटा बस प्रत्येक ठाउँमा आधा घण्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ। केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
