ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई मेसेज सम्पादन गर्न अनुमति दिने भएको छ। मेसेज पठाएको १५ मिनेटसम्ममा सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई आफूले पठाएका सन्देश (मेसेज) सम्पादन गर्न अनुमति दिने भएको छ। मेसेज पठाएको १५ मिनेटसम्ममा सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
यो सुविधा दुई मिलियन ह्वाट्सएप प्रयोगकर्ताका लागि आगामी हप्तादेखि उपलब्ध हुने छ। यो सुविधा भारतका प्रयोगकर्तालाई मध्यनजर गर्दै ल्याइएको बताइएको छ। भारतमा ह्वाट्सएपका ४८ करोड ७० लाख प्रयोगकर्ता रहेका छन्।
ह्वाट्सएपले ब्लग पोस्टमा शुद्धाशुद्धिदेखि सन्देशलाई लम्ब्याउन सुविधा थप्न लागिएको उल्लेख गरेको छ। पठाइएको मेसेजमा केही समय थिच्दा सम्पादन गर्ने अप्सन प्राप्त हुने छ। यो सुविधा सन्देश पठाएको १५ मिनेटसम्ममा प्रयोग गर्न सकिने छ। सम्पादन गरिएका सन्देशमा ‘सम्पादन गरिएको’ भन्ने ट्याग देखिने छ। जसले सन्देश प्राप्त गर्ने व्यक्तिलाई सम्पादन/परिवर्तन गरेर सन्देश पठाइएको छ भन्ने जानकारी हुने छ।
ह्वाट्सएप अमेरिकी कम्पनी मेटाको एउटा इकाई हो, योसँग फेसबुक र इन्स्टाग्रामको पनि स्वामित्व छ। फेसबुकमा गरिएका पोस्टमा सम्पादनको सुविधा भने पहिलेदेखि नै छ। फेसबुकमा अद्यावधिक गरिएका पोस्टहरूमा सम्पादन गरिएको भन्ने संकेत गरिन्छ। सम्पादित हिस्ट्रीसमेत प्रयोगकर्ताले हेर्न पाउने पनि सुविधा छ।
त्यस्तै, एलन मस्कको सोसल मिडिया प्लेटफर्म ट्विटरले आफ्ना सःशुल्क प्रयोगकर्ताका लागि ट्विट सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ। पोस्ट गरेको ३० मिनेटमा केही पटक ट्वीट सम्पादन गर्न सकिने बीबीसीले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
