राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
काठमाडौँ– संघीय संसद्अन्तर्गत दुवै सदनको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।
मंगलबारको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। राष्ट्रियसभामा नीति तथा कार्यक्रममा तीन दिन छलफल हुने तय भएको थियो, जसअनुसार मंगलबार अन्तिम दिन छलफल हुने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आइतबारदेखि शुरू भएको छलफलमा सांसदले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।
बैठकमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको तर्क गर्दै कार्यान्वयनमा जोड दिएका छन्। प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने धारणा राखेका छन्। उनीहरूले नीति तथा कार्यक्रमलाई स्वीकार गर्न नसकिने, पुनर्लेखन गर्नुपर्ने मागसमेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
