भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको प्रष्टीकरण दिएका छन्।
मंगलबार राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राजदूतसँगले नै चीन भ्रमण पछि सारौँ भनेको दाबी गरेका हुन्।
“यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अप्ठ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौँ, हामीले। अलि पछि गरौँ कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईंले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो,” प्रधानमन्त्री दाहालले भने।
समय र परिस्थिति अनुसार छिमेकी देशको भ्रमण गर्ने उनको भनाइ छ। भने, “उत्तर–दक्षिण भ्रमणको कुरा ल्याउनुभयो। यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन। समय र परिस्थिति अनुसार गरिने कुरा हो।”
भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको स्पष्ट भएको प्रधानमन्त्री दाहालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
