राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
काठमाडौँ– सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए।
यस्तै, सांसदहरू विमला राई पौड्याल, तुलसाकुमारी दाहाल र विमला घिमिरेले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक जेठ १४ गतेका लागि बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
