कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक १६.१४ अंकले घटेर १ हजार ९२२.१६ अंकमा ओर्लिएको हो। 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। तिहार पछिको तीन कारोबार दिनमा करिब ८० अंकले बढेको सेयर बिहीबार करेक्सन भएको हो। 

यस दिन ८९ करोड ८९ लाख रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बुधबार एक अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो। 

बिहीबार कारोबारमा आएका निर्जीवन र जीवन बिमा कम्पनी उपसमूहबाहेक ११ वटा उपसमूहको सूचक घटेको छ। सबभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा एभरेस्ट बैंक, अरुण कावेली, एनआईसी एसिया, शिवम् सिमेन्ट अगाडि रहे।