थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।
उत्तरी थाइल्यान्डमा विद्यालय भवनको छाना भत्किँदा सात जनाको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन्।
भारी वर्षापछ आएको आँधीका कारण छाना भत्किएको त्यहाँको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीले छानामा क्षति पुर्याउँदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन्। छाना खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारी भग्नावशेषमा फसेका थिए।
फिचिट प्रान्तका गभर्नर पायोन असवापिचायोनले प्रभावित स्थलको भ्रमण गरेका छन्। सो क्रममा कम्तीमा १०० घरपरिवारले आँधीका कारण भएको जनाएका छन्।
विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ। वर्षायाम शुरू भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
