साेमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन आठ सदस्यीय समितिले अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
काठमाडौँ– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोजन गर्ने तयारी गरेको छ।
प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन आठ सदस्यीय समितिले अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
“बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ। प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ,” उनले भने, “अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन।” घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।
शरणार्थी प्रकरणमा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन्। फरार रहेका थप १७ जना समेतलाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका एसपी सीताराम रिजालले बताए।
ठगी, राज्य विरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ। थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए। यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न राय दिइएको छ।
उक्त घटनामा ६० दिन भित्र अभियोजन गरिसक्नुपर्छ। बुधबार नै ६० दिन पुग्दैछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ११३ जना पीडितले २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी उजुरी दिएका थिए।
सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
