नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

राप्ती नदीमा पौडी खेल्ने क्रममा कोहलपुर–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको छ।

सांकेतीक तस्वीर

बाँके– राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदी सिधानियघाटमा वनभोज खान गएका उनीहरू मंगलबार साँझ पौडी खेल्न नदीमा पसेका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार छ जनाको समूहमा वनभोज खान गएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।