पटक–पटक सूचना जारी गर्दासमेत अटेर गरेकाले मनोहरी नदी किनार (भक्तपुर र काठमाडौँ दुवैतर्फ)का अतिक्रमित संरचना भत्काउन थालिएको आयाेजनाले जनाएकाे छ।
भक्तपुर– मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन शुरू गरेको छ।
सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान थालिएको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए।
आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायत संरचना हटाउन सात दिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनको भनाइ छ।
आयोजनाले यसअघि २०७९ भदौ ५ र फागुन १७ गते पनि सूचना प्रकाशित गरेर घर टहरा हटाउन भनेको थियो। ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले भत्काउन थालिएको आयोजनाले जनाएको छ।
अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुल आसपास आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीनवटा टहरा मंगलबार भत्काएको छ। भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काउने तयारी छ।
मनोहरास्थित टहरामा बस्दै आएहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरिदिएको थियो। भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो।
भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उपनिर्देशक बरालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
