रास्वपा सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा सबै दलका नेता र छानबिन गर्ने निकायका प्रमुख नै मुछिएकाले यथाशीघ्र संसदीय विशेष समिति गठन गर्न माग गरे।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ।
बुधबारको संसद् बैठकको शुरूमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा सबै दलका नेता र छानबिन गर्ने निकाय नै मुछिएकाले यथाशीघ्र संसदीय विशेष समिति गठन गर्न माग गरे।
“भ्रष्टाचारका विषयलाई लिएर हामीले बारम्बार प्रश्न उठाउँदै आएका थियौँ। तीन राजनीतिक दल खुसुखुसु बस्नुले आशंका व्यक्त गरिरहेको थियो। आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप नलागेको होस्,” उनले भने, “यहाँ मुछिएका मान्छेहरू हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्नेर विश्वासको वातावरण बन्द भएको छ।"
उनले जजसको नाम आएको छ, तिनलाई सोधपुछसमेत गर्न नहुने गरी किन डराएको हो? भनेर सरकारलाई प्रश्न गरे। "गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो। प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। उहाँको मुटु कहाँ गएर चेक गर्ने?," लामिछानेले भने, "यसकारण हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुपर्यो, कारबाहीको दायरामा ल्याउनुपर्यो। खुट्टा कमाउनु भएन।"
अँध्यारो गल्लीमा नभई दिनदहाडै बालुवाटार, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै लामिछानेले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
