तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्नेसमेत कोषले चेतावनी दिएको छ।
काठमाडौँ– युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ।
बुधबार सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको रकम ३५ दिनभित्र बुझाउन अनुरोध गरेको हो।
तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्नेसमेत कोषले चेतावनी दिएको छ।
ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरणअनुसार सबैभन्दा धेरै कर्णालीका २८ सहकारी रहेका जनाइएको छ। यसैगरी, कोशीका १४, मधेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिमका तीन सहकारी छन्। गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन्।
थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भए आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
