फ्रान्सको संसद्ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।
फ्रान्सले कार्बन उत्सर्जन घटाउनका लागि रेलको विकल्प रहेको ठाउँमा छोटो दूरीका आन्तरिक हवाई उडानहरूमा प्रतिबन्ध लगाएको छ।
अब साढे दुई घन्टाभन्दा कम समयमा रेल यात्राबाट पुग्न सकिने ठाउँमा हवाई उडान हुने छैनन्। फ्रान्सका सांसदहरूले छोटो यात्राका उडान प्रतिबन्ध लगाउन बनाएको कानून लागू भएपछि अब त्यहाँ रेल यात्रा गर्नुपर्ने बाध्यता भएको छ।
अब राजधानी पेरिसबाट अन्य शहरहरू नान्टेस, लियोन र बोर्डोलगायत शहरबीच हुने हवाई यात्रा रोकिने छ। तर, 'कनेक्टिङ फ्लाइट' भने जारी रहने बताइएको छ। आलोचकहरूले भने यसलाई 'प्रतीकात्मक प्रतिबन्ध' भनेका छन्।
एउटा औद्योगिक समूह एयरलाइन्स फर युरोपका अन्तरिम प्रमुख लाउरेन्ट डोन्सिलले एपीएफसँग यो प्रतिबन्धले कार्वन उत्सर्जनमा न्यूनतम् प्रभाव पर्ने बताएका छन्। यो कदमको समर्थन गर्नुपर्ने पनि उनले बताएका छन्।
फ्रान्सको सरकारलाई पनि योभन्दा कडा प्रतिबन्ध लगाउन माग गर्दै सरोकारवाला निकायमा फोन कल गरेका थिए। सन् २०१९ मा राष्ट्रपति इमानुएल माक्रोनले बोलाएको वातावरणबारे फ्रान्सका नागरिकको सम्मेलनमा चार घन्टासम्मको रेलयात्रामा पुगिने उडानमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो।
फ्रान्सेली उपभोक्ता समूह यूएफसी-क्यू चोइजिरले पनि सांसदहरूलाई चार घण्टाको सीमा कायम राखेर कानून बनाउन आग्रह गरेको थियो। तर, केही क्षेत्रहरू र एयरलाइन एयर फ्रान्स-केएलएमको आपत्तिपछि साढे दुई घन्टाका उडानमाथि मात्र प्रतिबन्ध लगाइएको हो।
चार घन्टा प्रतिबन्धको माग गर्ने फ्रान्सेली उपभोक्ता समूहले भनेको छ, "औसतमा विमानहरूले यी मार्गहरूमा रेलको तुलनामा प्रति यात्रु ७७ गुणा बढी कार्वन उत्सर्जन गर्छ। यद्यपि, रेल सस्तो छ र समय ४० मिनेटभन्दा बढी लाग्दैन।"
त्यसो त, कोरोनाभाइरस महामारीपछि विश्वभरीका एयरलाइन्स प्रभावित हुँदा त्यसको असर फ्रान्सका एयरलाइन्समा पनि परेको छ। उडानसम्बन्धी वेभसाइट फ्लाइटराडार२४ का अनुसार सन् २०१९ को तुलनामा गत वर्षा विश्वभरिको उडान ४२ प्रतिशतले कम भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
