जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।
युक्रेन युद्धपछि रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पहिलोपटक चीनको भ्रमण गरेका छन्। युद्धपछि रुसबाट भएको यो पहिलो सबैभन्दा उच्चस्तरको भ्रमण हो।
चीनको औपचारिक भ्रमणमा रहेका मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। त्यसक्रममा पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन्।
रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने जापानमा हालै सम्पन्न जी सेभेनको बैठकले निर्णय गरेको थियो। त्यस्तै, बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिने निर्णय पनि गरेको थियो। त्यसलगत्तै रुसी प्रधानमन्त्री मिशुस्टिनले चीनको भ्रमण गरेका हुन्।
पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन्। प्रधानमन्त्री मिशुस्टिनले पनि रूस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्चस्तरमा रहेको उल्लेख गर्दै एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए।
चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रुसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
