मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध पुनः मुद्दा दर्ता भएपछि 'इरिटेड' भएको बताएका छन्।
लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका थिए। मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, “घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।”
यसअघिको मुद्दामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएको थियो। जसको लिखित जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र अध्यागमन विभागले प्रमाणित निस्सा प्राप्त नगरेको बताएको थियो।
“सर्वोच्च अदालतको २०७९ माघ १३ को फैसलाको प्रकरण नं २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य ‘कन्फर्म’ भएको छ। अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरी नेपाली नागरिकता पुन कायम गराएको छु,” उनले लेखेका छन्, “अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले २०८० जेठ ९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु।”
कांग्रेस सांसद अजय चौरसियाले पनि लामिछानेको नागरिकताको विषय बुधबार संसद्मा उठाएका थिए। उनले भनेका थिए, “जसरी नागरिकता बदर भएर, बाहिरको नागरिकता त्यागेको निस्सा पेस नगरीकन पुनः नागरिकता लिने काम गरियो भन्ने मैले सुनेको छु।”
यसपछि रास्वपाका सांसदहरूले टेबुल ठोक्न शुरू गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
