नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत सेयरको आरक्षण छुट्ट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
काठमाडौं– नेपाल धितोपत्र बोर्डले संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत छुट्ट्याउनुपर्ने व्यवस्था लागू गरेको छ।
बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लाई बिहीबारदेखि लागू गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत सेयरको आरक्षण छुट्ट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा यो कार्यक्रम राखेको थियो। सेयर निष्कासन गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १५ दिनको समयावधि तोकी आह्वान पत्र प्रकाशित गर्नुपर्नेछ।
"संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु अगावै सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्ट्याउनुपर्ने छ," संशोधित निर्देशिकामा भनिएको छ।
लगानीकर्ताले आवेदन दिँदा अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
