आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ।
पाकिस्तानको उत्तरी वजिरिस्तानस्थित अफगान सीमा नजिकै आत्मघाती बम आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ।
आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ।
नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल शहरको लियाकत चौकीमा आक्रमण भएको वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले बताए।
त्यसपछि सुरक्षाकर्मीले गोप्य रूपमा आक्रमण गर्दा छ जना विद्रोहीहरूको समेत मृत्यु भएको द डनले उल्लेख गरेको छ।
कारबाहीका क्रममा सुरक्षा बल र विद्रोहीबीच तीव्र फायरिङ आदानप्रदान भएको थियो। सुरक्षा बलले आतंककारीबाट बन्दुक र गोली बरामद भएको छ।
यस क्षेत्रमा अन्य आतंककारीहरूको पनि खोजी भइरहेको कमिश्नर खट्टाकले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
