बाघखोरमा फालिएको फोहोर खोलामा मिसिने गरेको छ। फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। आसपासका गाउँसम्म दुर्गन्ध फैलिएको छ।
ढोरपाटन– पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ।
गाउँबाट बसाइँसराइ गरेर आउनेको संख्या बढ्दो छ। वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन।
बजारमा जनघनत्व बढेपछि फोहोर व्यवस्थापन चुनौती बनेको छ। ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङको फोहोर ३ नम्बर वडास्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ।
बाघखोरमा फालिएको फोहोर खोलामा मिसिने गरेको छ। फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै बडिगाडखोलामा मिसिन्छन्। सडक छेउमा रहेको ‘डम्पिङ साइट’का कारण यात्रु तथा आसपासका गाउँका बासिन्दालाई समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए।
“सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या छ। वरपरका गाउँ दुर्गन्धित बनेका छन्,” उनले भने, “तमानखोलाको किनारमा थुपारिएको फोहोर ठूलो पानी पर्यो सबै खोलामा जान्छ। हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ।”
बुर्तिबाङ–बोंगादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन्। पैदल यात्रुलाई दुर्गन्धले समस्या भएको छ। कुहिने तथा नकुहिने सबै एकै ठाउँ फाल्ने गरिएको छ। साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए।
डम्पिङ साइटका लागि जग्गाको खोजी भइरहेको उनको भनाइ छ। “बजार निकै वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
