काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीको बयान शुरू भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३१ जनाविरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेशी तोकिएको छ।
एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको अभियोग छ।
प्रकरणमा १६ जना पक्राउ गरिएको छ। १४ जना भने अझै फरार छन्। उनीहरू विरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
