सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन्।
सभापति शेरबहादुर देउवाले शुक्रबार विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका हुन्।
कांग्रेसमा प्रवक्ता नै पार्टीको प्रचार विभाग प्रमुख बन्ने अभ्यास भए पनि प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री बनेपछि प्रवक्ता महत नै रहिरहने गरी विश्वकर्मालाई प्रचार विभागको बनाइएको हो।
विधानबमोजिम महाधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने हो। तर, सभापति देउवाले महाधिवेशन भएको डेढ वर्षपछि विभाग गठन गर्न थालेका हुन्।
केन्द्रीय सदस्य र मन्त्रीसमेत भइसकेका विश्वकर्मा १४औँ महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षी थिए।
सभापति देउवाले उनलाई उम्मेदवार बनाएनन्। पछि विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
