चौधरीले बुधबार सजाय माफी दिएर रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा पठाएको पत्र मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।
काठमाडौँ– टीकापुर घटनामा दोषी ठहर भएर सजाय काटिरहेका रेशम चौधरीले आफ्नो सजाय माफ गरेर कैदमुक्त गर्न माग गर्दै पठाएको पत्र राष्ट्रपति कार्यालयले सन्देशसहित गृह मन्त्रालयमा फिर्ता पठाएको छ।
चौधरीको पत्र गृह बुधबार राष्ट्रपति कार्यालयमा पठाएको थियो। सजाय माफीसम्बन्धी प्रचलित कानून, त्यस सम्बन्धमा अदालतबाट भएका फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानून बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले पत्र गृह मन्त्रालयमा पठाएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।
“गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पत्र आएको थियो। राष्ट्रपति कार्यालयले फेरी गृहमा पठाउने कानूनी प्रक्रिया हो,” उनले भने, “त्यो पठाउँदा तीनवटा विषय उल्लेख गरेर पठाइएको हो।"
बुधबार चौधरीको निवेदन राष्ट्रपतिको कार्यालयमा पुगेको थियो। सरकारले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिबाट सजाय माफी दिइ चौधरीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।
त्यस्तै, टीकापुर घटनामा हत्या गरिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ। उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
