पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली प्रहारबाट घाइते भएका छन्।
काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। खान गोली प्रहारबाट घाइते भएका छन्।
पाकिस्तानको पूर्वी क्षेत्र वाजिरवादमा प्रदर्शन सहभागी भइरहेका बेला खानमाथि गोली प्रहार भएको हो। बीबीसीका अनुसार उनको खुट्टामा गोली लागेको छ।
गोली प्रहारबाट खानसँगै उनको पार्टीका अन्य चार जनासमेत घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तान तेहरिक–ए–एन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका ७० वर्षीय खान प्रदर्शनमा हिँडिरहेका बेला एक बन्दुकधारीले गोली प्रहार गरेका हुन्।
खान सकुशल रहेको र उपचार भइरहेको पीटीआइका नेता अजहर मसवानीले बताएका छन्। गोली हान्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
खानको पार्टीले सरकारलाई चुनावका लागि दबाव दिन विभिन्न स्थानमा प्रदर्शन र र्याली गर्दै आएको छ। लाहोरदेखि इस्लामावादसम्मको चुनावी र्यालीमा खान ६ दिनयता सक्रिय रूपमा सहभागी हुँदै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
