“एन्फा गैडाको छालाभन्दा पनि कडा संस्था भयो। ए डिभिजन कै हालत यस्तो छ। बी सी लिग हुन्छ भनेर कसरी विश्वास गर्ने?,” शेर्पाले भने
काठमाडौँ- पूर्वअध्यक्ष तथा हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल 'सुन' भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेच्न नसकेको बताएका छन्। ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले योजनाबद्ध तरिकाले ‘प्रपोजल’ बनाए लगानी गर्ने भेटिने उदाहरण दिँदै एन्फाले उक्त कार्य गर्न नसकेको बताएका हुन्।
“फुटबल सुन हो, योजनावद्ध तरिकाले प्रपोजल बनायो भने लगानी गर्ने भेटिन्छ। तर, एन्फाले योजना बनाउन सकेको छैन, फुटबललाई बेच्न सकेको छैन। नेपाल सुपर लिग (एनएसएल) कसरी बिकेको थियो भन्ने उदाहरणको रूपमा लिनुहोस्,” उनले भने।
एन्फाले पछिल्लो समय फुटबललाई बेच्नै नसकेको कारण ओरालो लागेको उनले बताए। यसले आर्थिक समस्यादेखि आफूहरूले पाउनुपर्ने रकमसमेत दिन नसक्ने अवस्थामा एन्फा रहेको उनको भनाइ छ। “एन्फा गैडाको छालाभन्दा पनि कडा संस्था भयो। ए डिभिजन कै हालत यस्तो छ। बी सी लिग हुन्छ भनेर कसरी विश्वास गर्ने?,” उनले भने, “अहिले एन्फामा म्यानेजमेन्ट छैन। ए डिभिजन लिग सकिएपनि पैसा आउला जस्तो लाग्दैन।”
फिफाले ‘ए’ डिभिजनको तयारीका लागि १ लाख डलर पठाएको थियो। त्यसपछि दुईपटक मिति सारेर फागुन १९ गतेबाट लिग शुरू भएको थियो। ‘डबल राउन्ड रोबिन’मा भइरहेको ‘ए’ डिभिजनको दोस्रो लेगको तयारीका लागि एन्फाले थप बजेट जोहो गर्न सकेको छैन। एन्फाले ‘ए’ डिभिजन लिग खेलिरहेका १४ क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्ताको १५ लाख दिसकेको छ। यस्तै, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार भने दिन अझै बाँकी छ।
‘बी’ डिभिजन लिग गत चैत १५ गतेबाट आयोजना हुने भनिएको थियो। लिग सञ्चालनका लागि एन्फाले फिफासँग करिब ४ करोड रुपैयाँ माग गरेको छ। त्यहाँबाट आउने रकम प्रत्येक क्लबलाई तयारीस्वरूप पहिलो किस्तामा ८ लाख ७० हजार रुपैयाँ निकासा गर्ने योजना रहेको थियो। तर, फिफाबाट रकम नआउँदा तीन पटक मिति सारे पनि एन्फाले ‘बी’ डिभिजन लिग आयोजना गर्न सकेको छैन।
‘बी’ डिभिजन लिग आयोजना गर्दा करिब ५ करोड खर्च हुने एन्फाको अनुमान छ। यो रकम पनि फिफाले उपलब्ध नगराए ‘ए’ डिभिजनबाट आउने आन्तरिक रकमले ‘बी’ डिभिजन खेलाउने तयारी गरिएको थियो। तर, ‘ए’ डिभिजन लिगबाट त्यसअनुरूप आम्दानी हुन नसकेको एन्फा स्रोत बताउँछ।
संकटाका अध्यक्ष तथा एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले ‘ए’ डिभिजनका क्लबहरूले दोस्रो किस्ताको तयारी खर्च, म्याच बल, खेलको म्याच मनि, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकमसमेत अहिलेसम्म नपाएको गुनासो गरे।
“पहिलो लेग सकिसक्यो,१५ लाख आयो। त्यसपछि आएको छैन। तयारी खर्चको दोस्रो किस्ता पाएका छैनौँ, म्याच मनिलगायत केही पनि पाएका छैनौँ। अहिले एन्फाले त्यो रकम दिनसक्ने अवस्था एन्फाको छैन,” उनले भने।
यसबारे दुईपटक एन्फालाई ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन नभएको उनले बताए। आफ्नो माग सम्बोधन नभए कठोर निर्णय कदम चाल्ने उनले चेतावनी दिए।
पत्रकार सम्मेलनमा हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, मनाङका अध्यक्ष विजय घले, एनआरटीका फ्रेन्ड्सका अध्यक्ष विश्वासविक्रम साह, सातदोबाटोका अध्यक्ष कपिल मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई, महासचिव नरेन्द्रमान श्रेष्ठ, मछिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत र थ्री स्टार क्लबका सहकोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
