अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि तीन एशियाली राष्ट्रको भ्रमण गर्ने भएका छन्। उनी जापान र सिंगापुरको भ्रमणपछि भारत आउने कार्यक्रम छ।
अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन्।
अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण जारी राख्ने क्रममा अस्टिनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन्। यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ।
भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्नेछन्। जापानमा रहँदा रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे भ्रमण अवलोकन गर्ने कार्यक्रम छ।
अमेरिका र जापानले गठबन्धनको क्षमतालाई आधुनिकीकरण गर्न, अमेरिकी सेनाको स्थितिलाई अनुकूलन गर्न तथा यस वर्षको शुरूमा ऐतिहासिक अमेरिका–जापान ‘२+२’ मन्त्रीस्तरीय बैठकपछि समान विचारधारा भएका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न महत्वपूर्ण कदम चालिरहेका बेला मन्त्री अस्टिनको भ्रमण हुन लागेको पेन्टागनद्वारा विज्ञप्तिमा उल्लेख छ।
त्यसपछि विदेशमन्त्री अस्टिन सिंगापुर जानेछन्। उनले सिंगापुरमा हुने ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज' (आईआईएसएस) को २०औँ सांग्रिला वातालाई सम्बोधन गर्नेछन्।
वार्ताको क्रममा विदेशमन्त्रीले आसियान केन्द्रीयतामा आधारित स्वतन्त्र र खुला हिन्द–प्रशान्तका लागि अमेरिकी साझा दृष्टिकोणको समर्थनमा यस क्षेत्रमा अमेरिकी रक्षा साझेदारीलाई अगाडि बढाउन प्रमुख नेताहरूसँग भेटघाट गर्नेछन्। सिंगापुरको भ्रमण सकेर सेक्रेटरी अस्टिन भारत आउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
