सदनको अवरोध हटाउने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीसहितका नेता प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छन्।
काठमाडौँ- नेकपा एमालेका सांसदले शनिबार पनि प्रतिनिधिसभा अवरुद्ध गर्ने बताएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई सिंहरदरबार बोलाएका छन्। छलफल अहिले जारी छ।
सदनको अवरोध हटाउनेबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंहदरबार गएका छन्। त्यसैगरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक एमाले प्रमुख सचेतक पदम गिरीलगायत नेता पनि छलफलमा सहभागी छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहारी राख्ने क्रममा भ्रष्टाचार भएको र तत्कालीन प्रधानमन्त्री केपी ओलीले यसको जिम्मा लिनुपर्ने बताएपछि एमाले सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। सत्तारुढ दलका सांसदले माफी नमागेसम्म र जलहारीको विषयमा सरकारले प्रष्ट नपारेसम्म सदन चल्न नदिने एमालेले जनाएको छ।
शुक्रबार बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले शनिबार ४ बजेका लागि बैठक बोलाएका छन्। त्यसअघि दलहरूबीच सहमति जुटाउने प्रयास गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
