सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ। बुधबारबाट जारी थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए। सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन्।
शुक्रबारको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।
"सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ," उनले भनिन्, "उन (पीडित किशोरी)को अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाइसराइको कागजबाट उनी नाबालिग होइनन् भन्ने पुष्टि हुन्छ।"
अधिवक्ता रिजालले शुक्रबार पनि थुनछेक बहस हुने र सरकारी वकिल र सन्दीप पक्षधर वकिलले बहस गर्ने बताइन्। सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ। बुधबारदेखि नै थुनछेक बहस शुरु भए पनि सन्दीपको पक्षका कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
