जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको सुनको जलहरीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन्।
माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री दाहालले शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिएका हुन्।
शनिबार बैठक शुरू हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि बोलेका प्रधानमन्त्री दाहालले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोसको भएको बताए।
“यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि छ,” प्रधानमन्त्री दाहालले भने, “यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र छानबिन गरिरहेको छ। सरकारले अनुसन्धानमा सहयोग गर्छ।”
जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
