एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेका बेला रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिन नहुने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका हुन्।
“दोषीलाई उम्काउन खोजिँदै छ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदै छ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्छ,” शनिबार प्रतिनिधिसभा बैठकमा शर्माले भने, “उहाँले निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो। अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोस्टममा उभिएर भन्नुभयो। को दोषी को निर्दोष प्रहरीले छानबिन गरिरहेको छ। हामी न्यायाधीश होइनौँ सभामुख महोदय, यहाँबाट फैसला सुनाउनका लागि।”
उनले कांग्रेस नेताहरू यसअघि पनि भ्रष्टाचार मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहरेको भन्दै कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे।
“कांग्रेस नेताहरू यसअघि पनि भ्रष्टाचारमा जेल पर्नुभएको छ। अहिले पनि सामना गर्दै हुनुहुन्छ,” उनले भने, “तर, रोस्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ। न आज भन्छौँ। केवल यति भन्छौँ। अनुसन्धान र न्यायिक प्रक्रिया प्रभावित हुनेगरी कसैले पनि बोल्नु हुँदैन। देश हेरिरहेको छ।”
समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने महामन्त्री शर्माको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
