इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न पुगेको नगर प्रहरीमाथि युवाको समूहले दुर्व्यवहार गरेको थियो।
पोखरा– पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना पक्राउ परेका छन्। फेवातालको सिरानमा अनधिकृत रूपमा टिप्परमा माटो ओसार्ने गरेको पाइएपछि सोधपुछ गर्ने क्रममा युवाको जमातले नगर प्रहरीमाथि हुल हुज्जत गरेका थिए।
नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार पोखरा–२४ पामेमाथी घाँटीछिनाको बीचमा इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि नगरप्रहरी अनुगमन गर्न पुगेको थियो। अनुगमनमा गएका प्रहरीलाई रोकेर केही युवाले दुर्व्यवहार गरेको उनले बताए।
“जानकारी पाउने बित्तिकै मैले साथीहरू पठाएँ। उहाँहरूलाई म पनि गएँ। अनुमति छ भने देखाउनुस्। नत्र पालिकामा हिँड्नुस् भन्दा हामीलाई दुर्व्यवहार गर्न थाले,” उनले भने, “आएर गाली गलौच गर्दै गाडी जलाइदिन्छौँ भन्न थाले।”
नेपाल प्रहरीलाई बोलाएर गाडी पामे बजारसम्म ल्याएको थापाले बताए। त्यहाँ पनि युवाहरू आएर आक्रमणको प्रयास गरेका थिए। नगर प्रहरीले सोधपुछ गरेको टिप्पर यसअघि पनि कारबाहीमा परेको थियो।
टिप्पर चालकसहति ७ जनालाई पक्राउ गरिएको बैदाम प्रहरी चौकीका प्रमुख वेदप्रसाद जोशीले बताए। महानगरले चाल्ने कदमअनुसार दोषीलाई कारबाही हुने उनको भनाइ छ। उनका अनुसार अनुसार माटो ल्याउँदै गरेको अनधिकृत टिप्परलाई नगर प्रहरीले सोधपुछ गरेको थियो।
यो पनि फेवातालको सिमसार क्षेत्र पुर्न रोक्ने निर्णय
“सोही क्रममा केही उछृंखल व्यक्तिले महानगरको गाडी रोकेर तिमीहरू बिदाका दिनमा पनि सरकारी गाडी चढ्ने भनेर प्रस्तुत भए,” उनले भने, “सम्बन्धित निकायमा गएर संवादमार्फत् समस्याको समाधान गर्नुपर्नेमा सरकारी गाडीलाई बाटोमा रोकेर हुल हुज्जत गर्न मिल्दैन।”
टिप्पर चालकसहति ७ जना प्रहरी नियन्त्रणमा रहेको उनले सुनाए। महानगरले चाल्ने कदमअनुसार दोषीलाई कारबाही हुने उनले बताए।
पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रको जमिन पुरिएको थियो।
रातको समयमा लुकिचोरी टिपरमा माटो ल्याएर फेवाताल क्षेत्र अतिक्रमण गर्न सिमसार पुरिएको थियो। नगर प्रहरीले रोकेको टिप्पर सोही काममा प्रयोग भइरहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
